युएईमा ऊर्जा सम्मेलन हुँदै

युएईमा ऊर्जा सम्मेलन हुँदै


आगामी पुस १४ अर्थात सन् २०१९, जनवरी १४ मा संयुक्त अरब इमिरेट्स (युएई) ले ऊर्जा सम्मेलनको आयोजना गरेको छ । उर्जा सम्मेलनमा विश्वभरीका १ सय ७० देशको सहभागीता रहने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि युएईका राजदूत साइद हमाद अल नजाईबीच भएको भेटमा सम्मेलनबारे जानकारी गराएका हुन् । साथै, राजदूतले उक्त सम्मेलनमा मन्त्री पुनलाई विशेष निमन्त्रण गरेका छन् । भेटमा नेपालको ऊर्जा तथा जलस्रोतमा लगानी गर्नेबारे पनि छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । मन्त्री पुनले नेपालको ऊर्जामा लगानी गर्न युएईलाई आग्रह गरेका थिए ।