नेपाल मालदिभ्ससँग ३-० ले पराजित, इतिहास रच्ने सपना अधुरै

नेपाल मालदिभ्ससँग ३-० ले पराजित, इतिहास रच्ने सपना अधुरै


बंगलादेशमा जारी १२औं संस्करणको सेमिफाइनलमा मालदिभ्ससँग ३–० ले हारेसँगै नेपाल सेमिफाइनलमै सिमित भएको हो । अहिलेसम्म नेपाल साफको फाइनलमा पुग्न भने सकेको छैन ।
गोलाप्रथाको निर्णयबाट सेमिफाइनलमा पुगेको माल्दिभ्सलाई पराजित गरेर नेपालले फाइनलमा पुग्ने लक्ष्य राखेको थियो । तर नेपालको यो इतिहास रच्ने चाहना अधुरै रह्यो । यो सँगै माल्दिभ्ससँग नेपालले ५ खेलमा हार भोगेको छ ।

पहिलो हाफको सुरुवातमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको मालदिभ्सले अन्तिम १० मिनेटमा दुई गोल थप्यो । पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा समेत गोल गर्न सकेनन् । जसकारण नेपालले माल्दिभ्सविरुद्ध यो संस्करणमा गर्न सक्ने गोल समेत गर्न सकेन ।

साफ च्याम्पियनसिपमा नेपालले मालदिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन । तीन पटक उपविजेता र एक पटक विजेता बनेको माल्दिभ्स पाँचौ पटक फाइनलमा पुगेको छ । नेपालले माल्दिभ्सविरुद्ध अहिलेसम्म खेलेका ७ खेलमध्ये २ खेलमात्रै बराबरी गरेको छ ।