‘छमछमी तिज गीत प्रतियोगिता’मा विहानी आमा समुह विजेता

‘छमछमी तिज गीत प्रतियोगिता’मा विहानी आमा समुह विजेता


गोल्डेन आई टेलिभिजन र माछापुच्छ्रे एफएमले संयुक्त रुपमा पोखरामा आयोजना गरेको लोटस १८औँ ‘छमछमी तिज गीत प्रतियोगिता’ सम्पन्न भएको छ ।

नेपाली नारीहरूको महान पर्व हरितलिका तिजको अवसर पारेर हरेक वर्षजस्तै यस वर्ष पनि पोखराको पहिलो एफएम माछापुच्छ्रे र पोखराकै पहिलो टेलिभिजन गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

विगत १७ वर्षदेखि संचालन हुँदै आएको छमछमी तीज गित प्रतियोगिताको १८औँ संस्करणमा तेस्रो स्थान धारापानी आमा समुह, दोस्रो स्थान कमल जैसी आमा समुह र प्रथम स्थान बिहानी आमा समुह बेल चौतराले हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वित्तीय १५ हजार, तृतीय १० हजार र सान्त्वना स्वरुप ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए भने उत्कृष्ट नृत्य, भेषभुषा एवम् अनुशासनमा उत्कृष्टता देखाउनेलाई पनि नगद तीन–तीन हजारसहित हरपल चामल र लाली चाउचाउ लगायत विभिन्न गिफट ह्याम्पर प्रदान गरिएको थियो ।

सोही अवसरमा लामो समयसम्म पत्रकारिता क्षेत्रमा योगदान पुऱ्याएका पत्रकार जमुना वर्षा शर्मा र लोकगायन क्षेत्रमा योगदान पुऱ्याएकी लोकगायिका लक्ष्मी सुवेदीलाई पनि सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले नारीहरूको महान पर्वलाई तडकभडक नभई सभ्य तरिकाबाट मनाउनुपर्ने बताइन् भने गण्डकी प्रदेश सासंद प्रभा कोइरला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार गगांधर पराजुली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल लगायतले मन्तव्य दिएका थिए ।