साहित्यकार गोपीकृष्ण श्रेष्ठको निधन

साहित्यकार गोपीकृष्ण श्रेष्ठको निधन


वरिष्ठ साहित्यकार तथा पूर्व बैंक प्रशासक गोपीकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । उनी वरिष्ठ कवि विमल निभाका पिता हुनुहुन्छ । श्रेष्ठका कथासंग्रह, अनुवाद र बैंकिङसम्बन्धी निबन्ध प्रकाशित छन् ।

कवि निभाले आफू क्यानडाबाट फर्कंदै गर्दा यही भदौ १६ गते पिताको निधन भएको बताए । श्रेष्ठ नेपाल बैंक लिमिटेडको उपमहाप्रबन्धक थिए । केही समय कामु महाप्रबन्धक पदमा काम गरेपछि सोही पदबाट उनले अवकाश लिएका थियो ।

श्रेष्ठका तीन छोरा र तीन छोरी छन् । पछिल्लो समय उनी कान्छा छोरा विजय श्रेष्ठका साथ धुम्बाराहीस्थित निवासमा रहँदै आएका थिए । कवि विमल निभा उनका माहिला छोरा हुन् ।