महिलाको खानपान र मासिकधर्म (पिरियड्स) को समय

महिलाको खानपान र मासिकधर्म (पिरियड्स) को समय


महिलाको शरीरमा हुने हार्मोनल परिवर्तनसँग तिनका खानपानको सोझो सम्बनध रहन्छ । महिलाको आहारमा कार्बोहाइड्रेडको मात्रा ज्यादा परेको छ भने समयभन्दा अघि नै ‘पिरियड्स’ (मासिकधर्म) हुन सक्छ ।

जुन महिला अधिक मात्रामा पास्ता तथा भात खान्छन्, तिनलाई सामान्य उमेरभन्दा एक–डेढ वर्ष पहिले नै मासिकधर्म शुरु हुने विज्ञहरू बताउँछन् ।

युनिभर्सिटी अफ लीड्सले बेलायतका ९ सय १४ महिलामाथि गरेको एक अध्ययनले चाहिँ माछा, मटर तथा गेडागुडीको सेवन ज्यादा मात्रामा गर्ने महिलाको मासिकधर्म सामान्य अवस्थाभन्दा ढिलो हुने देखाएको छ ।

तथापि, कैयन विशेषज्ञको मान्यता यो छ कि पिरियड्सको समय ढिलो या छिटो हुनुसँग खानपानको नभई ‘जीन’ (अनुवांशिक) को प्रभाव रहेको हुन्छ । ‘जर्नल अफ इपिडिमियोलोजी एण्ड कम्युनिटी हेल्थ’मा प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार उल्लिखित महिलालाई उनीहरूको खानपानसम्बन्धी सवाल गरिएको थियो, त्यसबाट फलवाला तरकारी धेरै खाने महिलाको पिरियड्स ढिलो शुरु भएको पाइयो ।

जुन महिलाको मासिकधर्म सामान्य समयभन्दा पहिले हुन्छ, तिनमा हृदय एवम् हड्डीसम्बन्धी समस्या हुने सम्भावना रहने र जसको मासिकधर्म ढिलो भएको हुन्छ उनीहरूमा स्तन तथा गर्भासयको क्यान्सरको ससमस्या निम्तिन सक्ने पनि अध्ययनले देखाएको छ ।

बन्दा, काउली, हरियो साग, बेसार, नरिवलको तेल जस्ता खाद्य सामग्रीले महिलामा अण्डाणुको गुणस्तर बढ्ने पनि अध्यययनकर्ताको दाबी छ ।