संसदबाट बम्स्टेक महासन्धि अनुमोदित

संसदबाट बम्स्टेक महासन्धि अनुमोदित


बिम्स्टेक महासन्धि प्रतिनिधि सभाबाट अनुमोदित भएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभामा प्रस्तु्त गरेको ‘अन्तराष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धिलाई अनुमोदन गरिएको हो । बैठकमा महासन्धिको प्रावधानमाथि समेत छलफल भएको थियो ।

यस्तै, बैठकमा ‘जनस्वास्थ्य विधेयक, २०७५’, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ‘आवासको अधिकार सम्बन्धी विधेयक, २०७५’ पेस गरेका छन् ।
‘भुक्तानी तथा फर्स्यौट विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, विधेयक, २०७५’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’, लगायतका विधेयकरुलाई लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।