शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट


शेयर बजारमा आज दोहोरो अंकले गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ । आज कुल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु. ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद–बिक्री भएको छ ।

कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेसमेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ । स्टकका अनुसार बैंकिङ ११.९२, होटेल २३.०५, विकास बैंक २०.८२, जलविद्युत ११.३, फाइनान्स ५.४८, निर्जीवन बिमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बिमा ६४.८६ बिन्दुले घटेको छ । नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।