१८औं एसियाडको भब्य उद्घाटन

१८औं एसियाडको भब्य उद्घाटन


– श्रीविक्रम भण्डारी (जाकार्ता, इन्डोनेसिया)

१८औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन भदौं २ गते शनिबार सम्पन्न भएको छ । पालेम्वाङस्थित मुख्य रंगशाला कुङकार्नोमा आयोजना भएको उक्त भव्य समारोहको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोकोई डोडोले गरेका हुन् । उद्घाटन समारोहलाई भव्य र आकर्षित गराउन विभिन्न साँस्कृतिक झाँकी र वैज्ञानिक उपकरणहरुको प्रयोग गरिएको थियो ।

मुख्य रंगशाला कुङकार्नोलाई दुलही जस्तै सिंगारिएको थियो भने शनिबार साँझ उद्घाटन समारोहसंगै आधिकारिक रुपमा एसियाडको शुभारम्भ भएको छ ।

१८औं एसियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउँदै छन् । विभिन्न ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी करिव १६ हजार खेलकुदकर्मीले एसियाडमा प्रतिनिधित्व गरिरहेका छन् ।

उद्घाटन समारोहमा नेपाली टोली ‘सेभ द मिसन’ अर्थात राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको नेतृत्वमा उत्रिएको थियो । नेपालको राष्ट्रिय झण्डा दक्षिण एसियाली खेलकुद (साग)मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता कमलबहादुर अधिकारीले बेकेका थिए भने नेपालका विभिन्न खेलका खेलाडीले मार्चपासमा सहभागिता जनाए ।

१८औं एसियाडमा ४० वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । नेपालले यो एसियाडमा २८ वटा खेलहरु आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकताक्रो, उसु, स्पोर्टस क्लालिविङ, प्याराग्लाईडिङ, कुराँस, पेनकेनसिताल, र स्केटबोर्ड सहभागिता जनाएको छ ।

एसियाली खेलकुद प्रतियोगिताको इतिहास हेर्दा नेपालले अहिलेसम्म १ रजत सहित २३ पदक जित्न सफल भएको छ । नेपालले ती पदकहरु तेक्वान्दो, बक्सिङ र करातेमा जितेको हो । नेपालले एसियाडमा सर्वाधिक पदक तेक्वान्दोमा जितेको छ । जसमा एक ऐतिहासिक रजत पनि रहेको छ ।