मोदीलाई मुक्तिनाथ र जनकपुर बोलाउनुको अर्थ छ : प्रम ओली

मोदीलाई मुक्तिनाथ र जनकपुर बोलाउनुको अर्थ छ : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको प्रदेश सभालाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको चर्चा गरेका छन् ।

ओलीले प्रधानमन्त्री ओलीलाई जनकपुर र मुक्तिनाथ बोलाउनुको विशेष महत्व भएको बताए । ‘मोदी जीलाई मैले किन मुक्तिनाथ र जनकपुर बोलाए’ उनले भने ‘यसको विशेष अर्थ छ ।’

मोदी जनकपुर र मुक्तिनाथ पुगेपछि पर्यटनको स्थितीमा फरक परेको उनले बताए । उनले भने, ‘पर्यटनको आगमनमा फरक परेको छ। अवधारणामा समेत फरक परेको छ ।’

ओलीले अफ सिजनुमा पनि पोखराका होटल भरिभराउ भएको बताए । पर्यटनमा विस्तारको लागि नयाँ होटल आवश्यक रहेको उनको भनाई छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।