बार्सिलोनाको विजयी सुरुवात, मेस्सीको २ र काउटिन्हो १ गोल

बार्सिलोनाको विजयी सुरुवात, मेस्सीको २ र काउटिन्हो १ गोल


स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सुरुवाती जित निकालेको छ । गएराति बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमामा भएको खेलमा बार्सिलोनाले अलावेसलाई ३–० अन्तरले हराउँदै सुरुवाती जित निकालेको हो ।

बार्सिलोनलाई जिताउनका लागि कप्तान लियोनल मेस्सीले २ गोल गरे भने फिलिप्पे काउटिन्हो एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा लगातार तीन गोल थप्यो ।

लियोनल मेस्सी ६४ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाए भने ८३ औं मिनेटमा फिलिप्पे काउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । यसैगरी ९२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गर्दै ३–० को जित दर्ता गराए ।

बार्सिलोना गत वर्षको लिग विजेता हो । २५औं पटकको लिग विजेता बार्सिलोना यसपटक उपाधि होडमा निकै दाबेदार रहने छ । गत सिजन बार्सिलोना शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा रियल मड्रिड थियो ।