साताभर नेप्से परिसूचकसंगै कारोबार रकममा पनि सुधार

साताभर नेप्से परिसूचकसंगै कारोबार रकममा पनि सुधार


शेयर बजारमा यो साता नेप्से परिसूचकसंगै कारोबार रकमप नि बढेको छ । बैंक तथा वित्तीय संस्थाले उच्च नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो ।

शेयर बजारमा यो साता नेप्से परिसूचक २९ दशमलव छ नौ अंकले बढेर अन्तिम दिन १ हजार २ सय १० दशमलव तीन दुई अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि ६ दशमलव २ पाँच अंकले बढेर १ सय ५५ दशमलव तीन आठ अंकमा बन्द भएको छ ।

यो साता वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएको र अधिकांश बैंकहरुको नाफामा उच्च बृद्धि भएपछि लगानीकर्ताको आकर्षण बढेको छ । जसले गर्दा बजारमा अधिक माग सिर्जना गई नेप्से सकारात्मक बन्न सकेको हो । लामो समयदेखि न्युन कारोबार भएको बजारमा यो साता कारोबार रकम पनि बढेको छ ।

यो साता कुल १ सय ८५ कम्पनीहरुको १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको ४५ लाख २ हजार ४ सय ५० कित्ता शेयरहरु खरिद बिक्री भएको छ । कारोबार रकम अघिल्लो साताको भन्दा ५६ प्रतिशत भन्दा बढीले बढेको छ । साताभर कारोबार रकमका आधारमा ७ करोड ८४ लाख रुपैयाँको कारोबार भएर उच्च कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उच्च कारोबार हुने कम्पनीहरुमा नविल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक लगायतका बैंकहरु रहेका छन् ।