आग्रह

आग्रह


– सरस्वती चौलागाईं

चिन्नै छाडे नि रगत आफ्नै अहिले मान्छेहरू
असुरक्षित छन् घरभित्र अहिले नारीहरू ।

कहिलेसम्म अन्यायी ब्यवहार अनि बलत्कार
नारीले नै देखाउँछन् संसार– बने होसियार !

समाजका असुर नास्न जाग हे नारी अब
उस्तैपरे जीवन आहु्ती दिन पछि नपर !

केको भूतले ज्युँदो लाश थुपार्छन् मान्छेहरू
दृष्टिहीन भए अटल पुरुष देख्ने आँखाहरू

नेपाली माटो उल्टिँदा उच्कियो घाउ मेरो
हावा र मौसम विरक्तिँदा सबै भयो अँध्यारो ।

मै धर्ती आमा हुँ– सगर जन्माउने मान्छेहरू
आग्रह छ मेरो– नैतिक बन्ने संस्कार कोरौँ बरु ।

– मेलम्ची–२, सिन्धुपाल्चोक