वाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि भारत प्रस्थान

वाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि भारत प्रस्थान


नेपाली कांग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँदिल्ली प्रस्थान गरेका हुन् । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने वाजपेयीको निधनमा श्रद्धाञ्जली अर्पण गर्न कांग्र्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् ।

वाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । वाजपेयीको अन्त्येष्टिमा भाग लिएर निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।