पसलमा आगलागी हुँदा करोडौँको क्षति

पसलमा आगलागी हुँदा करोडौँको क्षति


झापाको शिवसताक्षीस्थित दुधेमा रहेको संग्रौला ब्रदर्शमा बिहीबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको छ ।

बिहीबार राति दुधे बजारस्थित कृष्ण पोखरेलको घरमा रहेको संग्रौला ब्रदर्शमा भएको आगलागीबाट करिब दुई करोडको जनाइएको छ ।

बन्द गरेको पसलमा साँझ करिब ७ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पसलमा रहेका फ्रिज, टीभी, रेडियोलगायत सम्पूर्ण विद्युतीय सामान जलेर नष्ट भएका छन् ।

दमक र बिर्तामोडका बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट करिब एक घन्टापछि आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले बताए ।