कुमारी र ज्योतिबीच रेमिटेन्स सम्झौता

कुमारी र ज्योतिबीच रेमिटेन्स सम्झौता


कुमारी बैंक लि. र ज्योति विकास बैंक लि. बीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी र ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरेका छन् । कुमारी बैंकको रेमिटेन्स सेवा ‘कुमारी रेमिट’ ज्योति विकास बैँकका ६० शाखाबाट र ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ‘ज्योति रेमिट’ सेवा कुमारी बैंकका ८४ शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ ।