नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४८ करोड

नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४८ करोड


नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७४÷०७५ मा नाफा बढाएको छ । इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत वर्ष ४७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सले यो अवधिमा १६ अर्ब १ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । चार अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी पु¥याएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९० पैसा मात्र छ ।