पुनर्निर्माण प्राधिकरणको सीईओमा पुनः सुशील ज्ञवाली

पुनर्निर्माण प्राधिकरणको सीईओमा पुनः सुशील ज्ञवाली


सुशील ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोस्रोपटक नियुक्त भएका छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः सो पदमा नियुक्त गरेको हो ।

यसभन्दा अघि पनि केपी ओली नेतृत्वको सरकारले नै उनलाई प्राधिकारणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर, प्रचण्ड नेतृत्वको सरकारले उनलाई सो पदबाट हटाएको थियो ।