नुवाकोटमा बस दुर्घटना, ४० घाइते

नुवाकोटमा बस दुर्घटना, ४० घाइते


नुवाकोटको बुङताङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

बा.२ख २८०४ नम्बरको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भासिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका सातजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।