प्रधानमन्त्रीले शनिबार प्रदेश नम्बर २ मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले शनिबार प्रदेश नम्बर २ मा सम्बोधन गर्ने


आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले २ नं प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सभामुख सरोजकुमार यादवलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमबारे जानकारी गराएपछि प्रदेशसभा तयारीमा जुटेको हो ।

प्रधानमन्त्री ओलीले शनिवार ११ बजे सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नै सम्बोधन गर्ने हुनाले प्रदेशका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थिति हुन प्रदेशसभा सचिवालयले आग्रह गरेको छ ।

पहिलो पटक प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि प्रदेश सभा सचिवालय तयारीमा जुटेको छ ।