हुलाकी सडक आयोजनाका लागि ४७ करोड सहयोग प्रदान

हुलाकी सडक आयोजनाका लागि ४७ करोड सहयोग प्रदान


मित्रराष्ट्र भारतले नेपाललाई ४७ करोड सहयोग प्रदान गरेको छ । हुलाकी राजमार्ग आयोजना अन्तर्गतका सडक निर्माणका लागि आवश्यक कोषको तरलता कायम गर्नका लागि प्रदान गरिएको सो सहयोग रकमको चेक नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

हिजो मंगलबार सिंहदरबारस्थित सो मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबीच राजदूत पुरीले ४ सय ७० मिलियन बराबरको चेक हस्तान्तरण गेका हुन् । उक्त रकम हुलाकी राजमार्ग आयोजनाअन्तर्गतका १४ ओटा निर्माणधीन सडकहरूका लागि आवश्यक कोषको तरलता कायम गर्नका लागि प्रदान गरिएको सम्बद्ध पक्षको भनाई छ ।

बताइएअनुसार भारत सरकारले नेपाल सरकारलाई हुलाकी राजमार्ग आयोजनाका १४ ओटा सडकअन्तर्गत प्याकेज २–६ को पहिलो चरणको निर्माण कार्यका लागि आठ अर्ब अनुदान प्रदान गर्ने प्रतिबद्धता अनुरुप हालसम्म २ अर्ब ३५ करोड प्रदान गरिसकेको छ ।

प्याकेज १ अन्तर्गतका दुइ सडकहरु (क) धनगढी–भजनीया–सत्ती सडक र (ख) लम्की–टिकापुर–खक्रौला सडकको निर्माण कार्य भारत सरकारको एक अर्बभन्दा बढि अनुदान रकममार्फत् सम्पन्न भइसकेको छ । ती सडकहरूको उद्घाटन गत ०७४ भदौ ३ का दिन भएको थियो ।