सुन तस्करीका ठूला माछा पक्राउ परिसकेको गृहमन्त्री थापाको दावी

सुन तस्करीका ठूला माछा पक्राउ परिसकेको गृहमन्त्री थापाको दावी


गृहमन्त्री रामबहादुर थापाले ठूला माछाको संज्ञा दिइएका सून तस्करीहरु पक्राउ परिसकेको दाबी गरेका छन् ।
मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले सून तस्करीका लागि लगानी गर्ने लगानीकर्ता पत्ता लागिसकेको बताउँदै ती मध्ये केही फरार रहेको समेत जानकारी गराए ।

पछिल्लो ३–४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको पाइएको र यी घटनामा एउटै समूह सक्रिय रहेको मन्त्री थापाको धारणा थियो । तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको मन्त्री थापाको दाबी थियो । उनले नेपालमा राजतन्त्र फर्काउन चाहनेहरु पनि सक्रिय बनेको चर्चा गरे ।

मन्त्री थापाले वैठकलाई प्रहरीको संघीय संरचना बनाउन काम सुरु भैसकेको जानकारी दिए । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै मन्त्री थापाले अब त्यसो हुन नदिने बताएका छन् ।