हेलिकोप्टरको पंखाले लागेर हुम्लामा भारतीय नागरिकको मृत्यु

हेलिकोप्टरको पंखाले लागेर हुम्लामा भारतीय नागरिकको मृत्यु


हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एकजना भारतीयको मृत्यु भएको छ ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बईका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए ।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने पोखरेलले बताए ।