ढोरपाटन पुरुष खुला भलिबललाई यतीको पाँच लाख

ढोरपाटन पुरुष खुला भलिबललाई यतीको पाँच लाख


पाँचौँ ढोरपाटन पुरुष खुला भलिबल प्रतियोगितालाई यती ब्रुअरीले प्रायोजन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दको उपस्थितिमा यती ब्रुअरी प्रालिका मार्केटिङ अफिसर विभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात् प्रतियोगिता पाँचाँै ढोरपाटन एम १५० पुरुष भलिबलको नामबाट सञ्चालन हुनेछ । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको यती ब्रुअरीले आफ्नो कम्पनीबाट उत्पादन गरिएको इनर्जी ड्रिंक एम १५० को नामबाट सञ्चालन हुनेछ । सोबापत मुख्य प्रायोजक यती ब्रुअरीले ५ लाख आयोजकलाई उपलब्ध गराउनेछ ।

नेपाल भलिबल संघको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिता भदौ ३० देखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्रदान गरिने ढोरपाटन क्लबका अध्यक्ष मनबिन छन्त्यालले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधाअन्तर्गत स्पाइकर, ब्लकर क्विक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा एकजना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टीसर्ट र अरू ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउनेछन् ।

प्रतियोगिताको सहप्रायोजकमा आईएमई प्रालि र बीजी मल रहेका छन् भने दोस्रो उपाधिबापतको रकम ५० हजार पुरस्कारलाई शान्ति दोहोरीसाँझका दीपक कुँवरले प्रायोजन गरेका छन् । प्रतियोगिताको अनुमानित लागत १२ लाख रुपैयाँ रहेको छ ।