यी हुन् उपसचिवलाई दुर्व्यवहार गर्ने ‘कर्मचारी-नेता’

यी हुन् उपसचिवलाई दुर्व्यवहार गर्ने ‘कर्मचारी-नेता’


कर्मचारी सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारवाही गर्ने भएको छ ।

निजामति कर्मचारी संगठनका उपाध्यक्षसमेत रहेका भण्डारीले गत आइतबार आफूनिकटका एक कर्मचारीलाई भनेकै ठाउँमा सरुवा मिलाउन संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यलाई दबाब दिएका थिए । डोल्पामा पदस्थापन गरिएका नेत्रराज गिरिलाई उनको गृहजिल्ला जुम्लामा आकषृक पदमा सरुवा मिलाउन भण्डारीले आचार्यलाई दबाब दिँदै आउका थिए । सो विषयमा नियमबमोजिम गर्ने जवाफ आचार्यले दिएपछि भण्डारी उत्तेजित हुँदै हातपातमा उत्रिएका प्रत्यक्षदर्शीको भनाई छ ।

आफ्नो संगठनका सदस्य गिरिलाई आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि उनकै कार्यकक्षमा हातपात गरेका हुन् । कर्मचारी संगठनको रोब देखाउँदै आएका विद्यालय निरीक्षक भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नुका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेको अभियोग लगाइएको छ । सरुवाको विषयलाई लिएर बढेको विवाद हातपातको अवस्थासम्म पुग्नुलाई दुर्भाग्यपूर्ण मानिएको छ ।

अभियुक्त भण्डारीलाई निजामती सेवा ऐनअनुसार कारवाही गरिने बताइएको छ ।

(नेकपाका नेताहरुबाट सम्मानित हुँदै भण्डारी)