देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्छ: शिक्षामन्त्री

देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्छ: शिक्षामन्त्री


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न जन्मभूमिमा नै फर्कनुपर्ने बताएका छन् ।

शिक्षालय मासिक पत्रिकाको आयोजनामा गरेको ‘राष्ट्रिय शिक्षा अवार्ड–२०७५’ वितरण समारोहमा उनले भने, “शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्छ ।”

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाका लागि कुनैं सम्झौता नहुने बताउँदै सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

शिक्षामा भएका खाडलहरु नपुरे नेपाल समृद्ध मुलुक बन्न नसक्ने बताउँदै उनले माध्यमिक तहसम्मको शिक्षालाई प्रविधि र सीपयुक्त बनाउन आफू लागिरहेको धारणा व्यक्त गरे ।