भारतको केरलामा भीषण बाढी

भारतको केरलामा भीषण बाढी


भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

यस बाढीपहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताए । उनले उद्धार र पुनस्र्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृह मन्त्रालयसँग अनुरोध गरिएको बताए ।

गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भा.रु. १०० करोड उपलब्ध गराउने घोषणा गरेका छन् ।

वर्षासँगैको बाढीका कारण केरलाको कैयौँ जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे, इदुक्की र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको छ । बाढीका कारण हजारौँ व्यक्ति घरवारविहीन भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।