भारतीय लोकसभाका पूर्वसभामुख सोमनाथ चटर्जीको निधन

भारतीय लोकसभाका पूर्वसभामुख सोमनाथ चटर्जीको निधन


भारतीय लोकसभाका पूर्वसभामुख एवं वामपन्थी नेता सोमनाथ चटर्जीको ८९ वर्षको उमेरमा कोलकातामा सोमबार बिहान निधन भएको छ ।

चटर्जी अगस्ट १० मा अस्वस्थ भएपछि कोलकातास्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता चटर्जी मिर्गौला रोगबाट थलिएका थिए । उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उनलाई हृदयाघात भएको थियो ।

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिएका चटर्जी १० पटक भारतीय लोकसभाका सदस्य बनेका थिए । उनी सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख बनेका थिए ।