आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै


आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संविधान कार्यान्वयनका लागि आवश्यक ऐन-कानून निर्माणका लागि विधेयक पेस गर्ने तयारी रहेको छ ।

असोज २ गतेभित्र मौलिक हक लगायतका विभिन्न ऐन जारी गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसै भएर पनि सरकारले १४ वटा विधेयक संसदमा दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि विधेयकमाथिको छलफल अघि बढ्न सकेको छैन ।

निशान खड्का हत्या प्रकरण, महँगी लगायतका विषयमा काँग्रेसले आजको बैठकमा पनि प्रश्न उठाउने तयारी गरेको बताइएको छ । सरकारको भने मौलिक हक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगायत पेस गर्ने तयारी रहेको छ ।

सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेका विधेयक लगायत १४ वटा विधेयक संसदमा दर्ता गराएको छ ।