रोका र खत्रीको ‘बुझिदेऊ शिवजी’ तिज गीत सार्वजनिक

रोका र खत्रीको ‘बुझिदेऊ शिवजी’ तिज गीत सार्वजनिक


नेपाली लोकदोहोरी गीतको क्षेत्रमा नयाँ–नयाँ अनुहार नयाँ र मौलिक गीतका साथ सार्वजनिक भइरहेका छन् । त्यसमा पनि तिजको छेको पारेर आफ्ना गीत सार्वजनिक गर्ने लहर नै चलेको पाइन्छ । यही मेसोमा तिजलाई मध्यनजर गर्दै भगवान् शिवको पुकारासहित गायिका गीता रोका र पल्बिका खत्री आफ्नो सुरिलो भाकासहित उपस्थित भएका छन्– बुझिदेऊ शिवजी बोलको गीत लिएर ।

तिजको दिनमा ब्रत बसे आफूले चाहेको बर पाउने र श्रीमानको दीर्घायु हुने परम्परागत संस्कार र विश्वास रहेको छ । यसै मान्यतालाई आत्मसात् गर्दै प्रस्तुत यस गीतमा धीरज खत्री र गीता रोकाको सुमधुर स्वर सुन्न सकिन्छ । धीरज खत्री, पवित्रा भण्डारी, विवश ठगुन्ना र एलिशा बजगाईंको अभिनय रहेको भिडियोलाई धीरज खत्रीले निर्देशन गरेका हुन् भने छायांकन अमर थापा र सम्पादन हुम गैरेले गरेका छन् ।