बैदाममा ८ हजार लिटर मदिरा नष्ट

बैदाममा ८ हजार लिटर मदिरा नष्ट


कास्कीमा घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालनका क्रममा वडा प्रहरी कार्यालय बैदामले ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । पोखरा ९ बसपार्कस्थित विभिन्न भट्टी पसल तथा होटलबाट ८ हजार लिटर तयारी तथा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जानकारी दिएका छन् ।

घरेलु मदिरा सेवनबाट घरेलु हिंसा र अन्य जघन्य अपराधहरु समेत निम्त्याउने भन्दै नागरिकलाई कानुनले समेत बन्देज गरेको घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण नगर्न तथा यदि कसैले गरेको थाहा पाएमा तत्कालै प्रहरीलाई सुचना दिन समेत उनले आग्रह गरेका छन् ।

उक्त स्थानमा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको जनगुनासो आएपछि प्रहरी खटिएको र सो क्रममा ठुलो मात्रामा घरेलु मदिरा नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिइएको उक्त घरेलु मदिरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय वासिन्दाको उपस्थितिमा नष्ट गरिएको छ ।