जिपकोे ठक्करबाट नौ महिनाका बालकको मृत्यु

जिपकोे ठक्करबाट नौ महिनाका बालकको मृत्यु


तानसेनको बडीज्ञानटोलमा जिपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निशान बस्यालको मृत्यु भएको छ ।

हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग१च ६७४८ नम्बरको जिपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपको ठक्करबाट अन्य पाँचजना घाइते भएका छन् । उनीहरूको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक अनुप अर्यालले जानकारी दिए ।

ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडीचालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।