विराटनगर महानगरपालिका परिसरमा बम विस्फोट

विराटनगर महानगरपालिका परिसरमा बम विस्फोट


विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीले आफ्नो कार्यकक्षबाहिर प्रेसर कुकर बम विस्फोट गराइएको जानकारी दिए । बम कसले र के प्रयोजनका लागि विस्फोट गराएको हो त्यसबारे केही खुलेको छैन ।

मेयर पराजुलीको कार्यकक्षबाहिर भएको सो बम विस्फोटमा परी एकजना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ भने विस्फोटबाट मेयर चढ्न प्रयोग हुने को.१झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ । सो गाडीका सिसाहरू फुट्नुका साथै कार्यकक्षमा राखिएका सोफामा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।

विस्फोटका कारण स्थानीय, सेवाग्राही र कर्मचारी त्रसित छन् । महानगरपालिका भवनलाई प्रहरीले घेरामा राखेको छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।