पौडी टोली थाइल्यान्ड प्रस्थान

पौडी टोली थाइल्यान्ड प्रस्थान


इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली पौडी टोली वैदेशिक प्रशिक्षणका लागि साउन २६ गते शनिबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ । दुई महिला खेलाडी र एक प्रशिक्षकसहित तीन सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे ।

महिला खेलाडीमा गौरिका सिंह र टिसा शाक्य रहेका छन् भने प्रशिक्षकमा ओङडेन लामा छन् । भदौ २ देखि सुरु हुने एसियाडको पौडीमा २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । शिरीष गुरुङ र शुभम् श्रेष्ठ फुकेटमै प्रशिक्षणरत छन् । एसियाडअन्तर्गत पौडी अगस्ट १९ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । टोली अगस्ट १५ मा इन्डोनेसिया पुग्नेछ ।