मोडर्न पेन्टाथलनमा श्रेष्ठको निरन्तरता

मोडर्न पेन्टाथलनमा श्रेष्ठको निरन्तरता


मोडर्न पेन्टाथलन फेडेरेसन नेपालको पहिलो साधारणसभाले राजेन्द्र श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिँदै २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा बालचन्द्र रानाभाट, उपाध्यक्षमा अरुणप्रकाश श्रेष्ठ, सकुन्तला नगरकोटी, भगवती विष्ट, राजु दर्शन र गोपाल न्यौपाने, महासचिवमा यादव बस्नेत, उपमहासचिवमा इन्दिरा निरौला, सचिवमा यदुकुमार बस्नेत र ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राकेशमान कर्माचार्य तथा सहकोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ रहेका छन् । धावा रुम्बा, रचना ताखेमरु, मुकुन्दहरि श्रेष्ठ, रितेश श्रेष्ठ, महेश श्रेष्ठ, सुन्दर प्रजापति र राजेश श्रेष्ठ सदस्यमा चयन भए ।

साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । नवनिर्वाचित पदाधिकारीहरूलाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।