कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने

कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने


पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टीले साउन २७, २८ र २९ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले भोलि सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिन आगामी भदौ ६ गते केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो ।