बेलायतको वेल्समा ‘हाइक फर नेपाल’ सम्पन्न

बेलायतको वेल्समा ‘हाइक फर नेपाल’ सम्पन्न


लण्डन । बेलायतको वेल्सको अग्लोमध्येको एक पहाड ब्ल्याक माउण्टेन (जसको दुरी लभभग १२ किलोमीटर छ) को लगभग १६० जना स्थानीयसहित नेपालीहरुले संयुक्त रुपमा पैदल यात्रा वा हाइक गरेर दोस्रोपटकको यस कार्यक्रमलार्इ सम्पन्न गरेका छन् । नेपाल भ्रमण वर्ष २०२०लार्इ सफल पार्नका लागि अग्रिम रुपमा थालिएका सरकारी तथा गैरसरकारीलगायत आम नेपालीहरुबाट हुने गरेका कार्यक्रमहरुसँग बेलायतबाट यो कार्यक्रम दोस्रोपटक सम्पन्न भएको हो ।

सन् २०१५को भूकम्पपश्चात् हङकङमा स्थापित भएको ‘वी विल राइज’ अर्थात् ‘हामी उठ्ने छौ‌’ नामक फाउण्डेसनको ब्यानरमा पोखरेली मञ्च फोरम यूकेले ब्रेकन नेपाली सोसाइटीको साथमा सञ्चालित उक्त कार्यक्रममा नेपाल हङकङलगायत बेलायतका विभिन्न स्थानहरुमा बसोबास गर्ने नेपालीहरुका उत्साहपूर्ण उपस्थिति रहेको थियो । जसमा उल्लेख्य मात्रामा वेल्सको ब्रेकनका स्थानीय बासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।

यही महिनाको ४ तारिख आयोजना गरिएको उक्त कार्यक्रमको सेमी फर्मल चरणमा मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले श्रीमतीसहित गरेका थिए, जसको सञ्चालन ुहाइक फर नेपालुको संयोजक एमभीओ रिटायर्ड गुर्खा मेजर खुशीमान गुरुङले गरेका थिए ।विशेष अतिथिमा रिटायर्ड अनरेरी मेम्बर अफ पार्लियामेण्ट फर ब्रेकन एण्ड राडनरसायरका क्रिस डेभिस श्रीमतीसहित रहेका थिए भने अन्य अतिथिहरुमा पाउली काउण्टी काउन्सिलका सभापति काउन्सिलर डेभिड मेरेडिथ, टाल्गार्थका वर्सिप मेयर काउन्सिलर विलियम पावेल, ब्रेकन टाउन काउन्सिलका वर्सिप मेयर मेनी ट्रेलर साथमा डेपुटी वर्सिप मेयर काउन्सिलर एन म्याथिजलगायत दर्जनौं पदाधिकारीहरु रहेका थिए । साथमा तेह्रौ‌ पटक सगरमाथाको सफल आरोहण गर्ने फुर्वा तेङ्जिङ शेर्पा र १६औ‌ विविध रेकर्डहरु गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउन सफल भएका थानेश्वर गुरागाईंको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

सबैजसो अतिथिहरुले नेपाल तथा नेपाली अनि वेल्सबासी नेपालीहरुको प्रशंसा आआफ्नो मन्तव्यहरुमा गरेका थिए । पोखरेली मञ्च यूकेका हाइक फर नेपालको स्थापनाको बारेमा अनि भविष्यका योजनाहरुका बारेमा संक्षिप्तमा वी विल राइज फाउण्डेसनका अध्यक्ष तथा हाइक फर नेपालका संरचनाकार तुलसी गुरुङले वयान गरेका थिए । सगरमाथा नेपाल वेल्स एक अर्कामा सम्वन्धित भएको उदाहरणसहित बेलायत नेपालको २०० वर्षको साथको बारेमा गहकिलो मन्तव्य राख्ने प्रमुख अतिथि राजदूत सुवेदीपछि अन्त्यमा अध्यक्ष मानबहादुर गुरुङले कार्यक्रमको बारेमा विस्तृतमा जानकारी गराएका थिए ।

४ तारिखको मध्यान्हपछि लगभग ४० मिनेटको ड्राइभ गरेर ब्ल्याक माउण्टेनको फेंदमा पुगेपछि लगभग दुई घण्टाको उकालो लागेको उक्त १६० जनाको समूहहरुको एकमा राजदूत डा सुवेदी आफ्नी श्रीमतीसहित सहभागी रहेका थिए । स्थानीय वासिन्दाहरुको नजरमा अति नै सराहनीय कार्य गरेको देखिएको हाइक फर नेपालको सो यात्राको अन्तिम सेथानमा पथ्थरहरुको सानो चुलीमा नेपाली झण्डा फहराइएको थियो र अनेकौं स्थानीय अन्य आरोहीहरु प्रभावित देखिएका थिए । लगभग एक घण्टाजति विश्राम गरेर हाइक फर नेपालका आरोहीहरुले अवतरण गरेका थिए ।

सोही साँझ ब्रेकनस्थित एक हाइ स्कुलमा ब्रेकन नेपाली सोसाइटीले साँस्कृतिक कार्यक्रम गरेका थिए जो रातको अवेरसम्म सञ्चालित थियो ।

नेपालमा पर्यटक विकासको लागि पोखरेली मञ्च यूकेको यस प्रयास साह्रै नै उदाहरणीय मानिएको छ । ३ तारिखदेखि नै सहभागीहरु आआफ्ना टेन्टहरु लगाएर रमझम गरी बसेका थिए र यो अनि यस प्रकारको कार्यक्रमको आयोजनामा वेल्समा नेपालीहरुले निरन्तरता दिने र त्यसलाई स्थानीयवासीहरुले पनि साथ दिने भनिएको छ । वेल्सवासीहरुबाट निक्कै नै सम्मानका नजरमा हेरिने नेपालीहरुलाई नेपालीहरुबाट गरिने कृयाकलापहरुमा उत्साहका साथ साथ दिने स्पष्ट देखिन्थ्यो । केही स्थानीयहरु डोनेसन दिनको लागि खोज्दै आइरहेका थिए भने पवहरुमा आफ्नो तर्फबाट एक ड्रिङ्कुस् गर्नको लागि आग्रह गर्नेहरु पनि प्रशस्तै भेटिएका थिए ।

अगष्टको ३ देखि ५ सम्म सञ्चालित हाइक फर नेपाल विस्तारै एक संगठित अनि सफल र विशाल वार्षिक इभेण्ट हुनेमा सहभागीहरु विश्वस्त भएको पाइको छ ।

प्रकाश के सी लण्डनबाट