‘फुच्ची’ करिश्माको नृत्यमा सबै मन्त्रमुग्घ

‘फुच्ची’ करिश्माको नृत्यमा सबै मन्त्रमुग्घ


उनको नृत्यदेखि जोकोही पनि मन्त्रमुग्घ हुन्छ । सानो कदकी फुच्ची जब नाच्न थाल्छिन् तब माहोल नै अर्कै बन्छ । हँसिलो अनुहारसँगै दुवै गालामा पर्ने डिम्पलले उनको नृत्यलाई सुनमा सुगन्ध थपेको हुन्छ । अझ हाँस्दा देखिने दुवै दाँतका दाह्राले उनको सौन्दर्यमा चारचाँद लगाएको हुन्छ । यिनै विभिन्न कारण र आफ्नो कुशल नृत्यका कारण अहिले चर्चाको शिखरमा छिन्– करिश्मा ढकाल ।

सानै उमेरदेखि नृत्य गर्ने सौखका कारण अहिले करिश्मालाई यो सफलता मिलेको हो । मात्र १९ वर्षकी करिश्मा अहिले नेपालकै सर्वाधिक चर्चित र रुचाइएकी नृत्यांगना हुन् । लोकदोहोरीबाट आफ्नो करिअर शुरु गरेकी करिश्माले अहिले सयौँ लोकदोहाोरी र आधुनिक गीतमा आफ्नो नृत्यको कौशल देखाइसकेकी छिन् ।

यतिबेला करिश्मा तिजका गीतमा व्यस्त छिन् । उनलाई अहिले तिजका गीतमा नृत्य गर्न भ्याइनभ्याई छ । ०७५ का तिजका २५ वटा गीतमा करिश्माले अभिनय गरिसकेकी छिन् । तिज आउन अझै १ महिना बाँकी छ, त्यसबेलासम्म उनले अरू २५ वटा गीतमा नृत्य गर्ने बताएका छिन् । करिश्मा एउटा गीतमा नृत्य गरेबापत २५ हजारसम्म लिने गर्छिन् ।

भविष्यमा नेपाली सिनेमा अभिनय गर्ने उद्देश्य राखेकी करिश्माले यतिबेला आफूले अनुभव बटुलिरहेको प्रतिक्रिया दिएकी छिन् । प्रेम र विवाहसम्बन्धी चर्चा गर्दा यतिबेला आफू यी कुराहरूबाट निकै टाढा रहेको बताएकी छिन् । करिअर बनाउने बेलामा यस्ता कुरामा अल्झियो भने सफलता प्राप्त नहुने उनको दाबी गरिन् ।