अन्तर्राष्ट्रिय करातेमा जेमिनलाई स्वर्ण

अन्तर्राष्ट्रिय करातेमा जेमिनलाई स्वर्ण


बंगलादेशको ढाकामा सम्पन्न शेखकमल स्मृति अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत करातेमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ । अगस्ट ५ देखि ८ सम्म ढाकामा भएको प्रतियोगितामा नेपाली कराते टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो ।

नेपाली खेलाडीले मदन भण्डारी स्पोर्टस एकेडेमीमार्फत प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपाली टोलीका सदस्यमध्ये ६५ केजी तौलसमूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए । उनले बंगलादेशी खेलाडीलाई पराजित गरी स्वर्ण सुरक्षित गरेका थिए । त्यस्तै प्रतियोगिताअन्तर्गत ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भुजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामाले रजत पदक जितेका थिए ।

नेपाली टिमको नेतृत्व सहदेव राजवंशी र प्रशिक्षकमा ऋषि लामा र टिम व्यवस्थापकमा सोम दोङ र नरेन्द्रप्रसाद सुकुमटु रहेका थिए । पदक विजेता नेपाली टोलीलाई मदन भण्डारी स्पोर्ट एकेडेमीका सचिव एवम् मार्सल आर्ट विभाग प्रमुख ओम प्रसाईं, आईडब्ल्यू एफएम कराते डो संघका महासचिव उपेन्द्रकुमार शाही, सदस्य मंगल शाही तथा संघका भक्तपुर जिल्ला अध्यक्ष नकुल रानामगर र खेलाडीका परिवारजनले स्वागत गरेका थिए ।