राष्ट्रिय स्क्वासमा अरहान्त र अमृत सेमिफाइनलमा

राष्ट्रिय स्क्वासमा अरहान्त र अमृत सेमिफाइनलमा


अघिल्ला दुई संस्करणका विजेता अरहान्तकेशर सिंह र अमृत थापा मगर तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरूसँगै राजेन्द्र शाक्य र प्रवीणवीरसिंह कंसाकार पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।

अरहान्तले राकेश गुप्ता, अमृतले सुगम तुल्सान, राजेन्द्रले ज्ञानु चौधरी तथा प्रवीणले दिलीप अधिकारीलाई समान ३–० को सोझो सेटमा पराजित गरेका थिए । महिला सिंगल्समा डिफेन्डिङ च्याम्पियन भावना सुनुवारले स्वस्थानी श्रेष्ठलाई ३–० तथा कृष्णा थापाले विपना ब्लोनलाई ३–० को सीधा सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

यू–१५ ब्वाइज सिंगल्समा विकास मगरले रोहन नेपाली र सलिन थापा मगरले राजेश परियारलाई समान २–० ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे । सोही स्पर्धाको गल्र्समा सपना ब्लोनले आयुशा श्रेष्ठ तथा मुस्कान राउतले श्रीमाया लामाको चुनौती समाप्त पार्दै फाइनलमा स्थान पक्का गरे । सपना र मुस्कान दुवैले प्रतिद्वन्द्वीलाई २–० ले निराश पारेका थिए ।

मास्टर्स ५० वर्षमाथि सिंगल्समा दिलीप अधिकारीले अनिल बज्राचार्यलाई ३–२, सुरेश गुरुङले किशोर महर्जनलाई ३–० तथा इन्द्रबहादुर कार्कीले मनोजबहादुर श्रेष्ठलाई ३–० को सेटमा पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे । सुदीपबहादुर सिंहले प्रेम सिंहबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगेका छन् ।