एजुकेशन एण्ड माइग्रेसन कर्नरसँगै साम्राज्ञीको यात्रा

एजुकेशन एण्ड माइग्रेसन कर्नरसँगै साम्राज्ञीको यात्रा


राजन घिमिरे

एजुकेशन एण्ड माइग्रेसन कर्नर र चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहबीचको सहकार्यले विस्तारित रूप लिँदै छ । साम्राज्ञी दर्शकहरूको मन जित्दै छिन् भने एजुकेशन एण्ड माइग्रेसन कर्नर चाहिँ अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको सपना पुरा गर्दै छ ।

‘यो संस्थाको सोच र उद्देश्य मलाई मन पर्यो । सबै कुराहरूबाट चित्त बुझेर नै मैले ब्राण्ड एम्बेस्डरको रूपमा सहकार्य गरेकी हुँ’, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भनिन् ।

यसैबीच एजुकेशन एन्ड माइग्रेशन कर्नरले नेपालका सात सहरमा उच्च अध्यनका लागि अस्ट्रेलिया उड्न चाहने नेपाली विद्यार्थीको लागि निःशुल्क शैक्षिक परामर्श मेलाको आयोजना गर्ने भएको छ । यसै महिना अगष्ट १८ देखि ३ सेप्टेम्बरसम्म नेपालका विभिन्न सहरमा कर्नरले शैक्षिक मेला आयोजना गर्न लागेको निर्देशक सुनिल उप्रेतीले जानकारी दिएका छन् ।

यतिखेर अस्ट्रेलियामा नेपाली विद्यार्थीको चाप निकै बढिरहेको छ। अस्ट्रेलियामा पुग्ने मात्र होइन यहाँ के पढ्ने, कसरी विद्यार्थी जीवनलाई अगाडि बढाउने, कस्ता कस्ता विषय महत्वपूर्ण छन् भन्ने विषयमा ज्ञान नहुँदा धेरै विद्यार्थी मर्कामा परेका छन्।

‘हामी उनीहरूको उच्च अध्ययनका सम्भावना कठिनाइ र भविष्यको स्थायीत्वको विषयमा समेत महत्वपूर्ण सुझाव प्रदान गर्नेछौँ’ उप्रेतीले भने । ‘कतिपय नुबुझीकन अस्ट्रेलिया आउँदा विद्यार्थीमा विविध समस्या देखिएको हुँदा अभिभावक र विद्यार्थीबीच यहाँको परिस्थिति ,पढाइ र वातावरण, कमाइ अनि पढाइका बारेमा स्पष्ट जानकारी दिनुपर्ने अवस्था पनि आएको छ, हामी त्यस कुरामा बढी सजग छौं’, सुनिलले भने ।

छोराछोरी बिदेश पढ्न पठाउने अभिभावकले पनि यहाको विषयमा जान्न र बुझ्न आवश्यक भएकोले सेमिनारहरुमा अभिभावकको उपस्थिति महत्वपूर्ण रहने उप्रेतीले बताए।

कर्नरले अगष्ट १८ मा काठमाडौको अन्नपूर्ण होटलमा, अगष्ट २० मा चितवनको भरतपुर गार्डेन रिर्सोटमा र अगष्ट २१ तारिख हेटौडामा शैक्षिक सेमिनारको आयोजना गर्नेछ।

यसैगरी एजुकेशन एन्ड माइग्रेशन कर्नरले २७ अगष्टमा पोखरा, १ सेप्टेम्बरमा बिर्तामोड, २ सेप्टेम्बरमा दमक र सेप्टेम्बर ३ मा इटहरीमा शैक्षिक परामर्श सेमिनारको आयोजना गर्ने उप्रेतीले बताए।

उनले उच्च शिक्षाको आकर्षण मात्र होइन यहाँ देखिएका अप्ठ्यारा पाटालाई समेत अभिभावकबीच बसेर छलफल चलाउनुका साथै विभिन्न विश्वविद्यालयद्धारा प्रदान गर्ने छात्रवृत्तिका विषयमा समेत विद्यार्थीलाई अवगत गराउने योजना रहेको सुनाए।

उप्रेतीले सेमिनारमा अस्ट्रेलियाका कलेज र विश्वविद्यालयका प्रतिनिधीसँग समेत सिधा कुरा गर्न सकिने र प्रकृया अगाडि बढिसकेपछि निःशुल्क बारिस्टा तालिम दिइने बताए।

त्यसबाहेक सेमिनारमा ब्रान्ड एम्बेसडर साम्राज्ञी राज्य लक्ष्मी शाह र उत्प्रेरक सुदन ज्ञवालीले कसरी सफल योजना बुन्ने विषयमा प्रवचन पनि दिने कार्यक्रम रहेको बताए। सेमिनारमा सहभागीहरुलाई विभिन्न आकर्षक उपहारको ब्यवस्था पनि गरिएको उनको भनाई छ ।