काँग्रेस नेता आचार्यको सम्झना

1 Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्व विष्णुबहादुर आचार्यको योगदानलाई पार्टीको वर्तमान पुस्ताले भुल्न नहुने बताएका छन् ।

विदुरस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित स्व विष्णु आचार्यको १३ दिनको पुण्यतिथिमा गरिएको शोकसभामा नेता केसीले स्व आचार्यले बिपीको सिद्धान्तलाई पालना गरी पार्टीमा योगदान पु¥याउनुभएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले स्व आचार्यले पार्टीलाई जिल्लामा स्थापित गराउन र प्रजातान्त्रिक आन्दोलनको लागि अतुलनीय योगदान दिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, महासमिति सदस्य रमेश महतलगायतले स्व आचार्यले काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा खेल्नुभएको भूमिकाको चर्चा गरे । काँग्रेसका पुराना नेता आचार्यको साउन १२ गते राति ६३ वर्षका उमेरमा निधन भएको थियो ।

विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा पार्टीका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुख उम्मेदवार बनाएको थियो ।

पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिवहुँदै २०४६ सालको जनआन्दोलनमा आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय भएका थिए । स्व आचार्य महासमिति सदस्यसमेत थिए ।

1 Shares

प्रतिक्रिया