शेयर बजार निरन्तर ओरालो

शेयर बजार निरन्तर ओरालो


यो साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ ।

आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार आज भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार आज कुल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद–बिक्री भएको छ ।

व्यापार उपसमूहको मात्रै आज शेयर बढेको छ । सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ । अन्य उपसमूहको शेयर भने आज घटेका छन् । बैंकिङ ३.३७, होटेल ३१.५२, विकास बैंक १.३१, जलविद्युत १६.८८, वित्त ०.७, निर्जीवन बिमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बिमा समूहको १०२.८३ बिन्दुले घटेको छ ।

आरम्भ माइक्रोफाइनान्स, साल्ट टे«डिङ कर्पोरेसनका शेयरधनीले आज कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।