जम्मु–कस्मिरमा पाँच लडाकु मारिए

जम्मु–कस्मिरमा पाँच लडाकु मारिए


भारत प्रशासित जम्मु–कस्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकुको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चारजना लडाकु मारिएका थिए ।

बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो ।

प्राप्त जानकारीअनुसार अब्दुल मजिद शाह नाम गरेका एक लडाकुलाई सुरक्षाफौजले पक्रेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्रीसमेत बरामद गरेको थियो ।