इन्जिनियर नभएपछि वायुसेवा निगमको वाइड बडी विमान दिल्लीमै ग्राउन्डेड

इन्जिनियर नभएपछि वायुसेवा निगमको वाइड बडी विमान दिल्लीमै ग्राउन्डेड


बुधबार विहान ढिलागरी दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान निगमको कमजोर व्यवस्थापनका कारण दिल्लीमै रोकिएको हो । ठूलो जहाजको सेवासँगै निगम सच्चिने आशा धेरै यात्रुहरुले गरेपनि त्यसो भने हुन सकेन् ।

नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार विमानलाई ट्रान्जिट गर्ने इन्जिनियर नभएपछि विमान दिल्लीमै रोकिएको हो । निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर यसपटक भने ट्रान्जिट गर्ने इन्जिनियरको नयाँ अभावमा नयाँ विमानको पनि उडान अवरुद्ध हुन नपुुगेको हो ।

निगमका अनुसार इन्जिनियर गएको र आवश्यक चेकजाँच गरेपछि विमान नेपाल फर्कनेछ । स्रोतका अनुसार विमान उडाउन दिल्लीको विमानस्थलले इन्जिनयरबाट ‘क्लियरेन्स’ माग गरेको र इन्जिनियर विमानमा नभएपछि विमानस्थलले सुरक्षाको कारण देखाउँदै विमानलाई दिल्लीमै रोकिदिएको हो ।