कोलम्बियाका नयाँ राष्ट्रपति इभानद्वारा शपथग्रहण

कोलम्बियाका नयाँ राष्ट्रपति इभानद्वारा शपथग्रहण


कोलम्बियामा राष्ट्रपतिमा नियुक्ति भएका इभान डुकेले मंगलबार आफ्नो पदको शपथग्रहण गरेका छन् ।

उनले पूर्वराष्ट्रपति हुँआ म्यानुएल सन्तोसलाई प्रतिस्थापन गरेका हुन् । ४२ वर्षीय राष्ट्रपति डुकेले दिएको पहिलो सम्बोधनमा सान्तोस प्रशासनले शुरु गरेको मुलुकको दोस्रो ठूलो विद्रोही समूह नेसनल लिबरेसन आर्मी (ईएलएन) सँगको शान्तिप्रक्रियालाई पूरा गरिने वाचा गरेका छन् ।

ईएलएन देशको दोस्रो ठूलो गुरिल्ला समूह हो । इभान कन्जरभेटिभ डेमोक्रेटिक सेन्टर पार्टीआबद्ध हुन् । पहिलो ३० दिनमा ईएलएनसँग शान्तिप्रक्रियाको कार्यलाई नै अगाडि लगिने उनले बताए ।

त्यसैगरी देशको सुरक्षा र आर्थिक व्यवस्थालाई बलियो बनाउने पनि उनको उद्घोष छ । लगानीलाई प्रोत्साहित गर्ने र प्रतिस्पर्धामा जाने पनि उनले जानकारी दिए ।

कोलम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरूको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने उनको विश्वास छ ।