नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै


नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । पार्टीको तल्लो तहको एकीकरणको विषयमा छलफल गर्न बैठक बसेको हो ।

बालुवाटारमा बोलाइएको बैठकमा भातृसंगठन, जिल्लातहको एकता लगायतका विषय केन्द्रित रहेका छन् । नेकपाको केन्द्रीय तहमा पार्टी एकता भए पनि तल्लो तहमा अझै पनि एकता हुन सकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठमा एकता भएपछि नेकपा बनेको हो ।

यस्तै, नेकपाले आन्तरिक पार्टी सर्कुलरमा धुम्बाराही कार्यालयलाई केन्द्रीय सचिवालय र पेरिसडाँडालाई केन्द्रीय विभागको कार्यालय बनाउने भने पनि दुवैतर्फ कार्यालय सञ्चालन समस्या देखिएको गुनासो आउन थालेको छ । बैठकले सरकारको काम कारवाहीका बारेमा समेत छलफल गर्नेछ ।