तपाईको यो साता (राशिफल, २३–२९ साउन ०७५)

तपाईको यो साता (राशिफल, २३–२९ साउन ०७५)


ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । आफ्नै मिहिनेतले काम बन्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ कालो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका जागिरप्रति रुचि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ आकासे वा खैरो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट
कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी व्यहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ घ्यूरङ वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
मन मिल्ने साथीबाट सहयोग र हौसला मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ सेतो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या
ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । कार्यक्षेत्रमा अरूले गरे–भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

तुला
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति–प्रगतिको वातावरण बन्नेछ । साताको पहिलो दिनबाट नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । लाभदायक यात्राको सम्भावना छ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । आफन्तहरूको सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिव भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिहिनेत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ । साताको अन्त्यमा आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ कालो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । आइतबारबाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सिन्दुरे वा खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।