थानेश्वर र सम्झना अष्ट्रेलियामा गुन्जने

थानेश्वर र सम्झना अष्ट्रेलियामा गुन्जने


लोकगीत, आधुनिक वा पपगीत होस या गजल, हरेक विधाका गीत संगीतको मामिलामा पोख्त मानिन्छन् गायक थानेश्वर गौतम । यही प्रतिभा र क्षमताका कारण उनले प्रवासमा थुप्रै पटक प्रवासी नेपालीहरू माझ गीतसंगीत प्रस्तुत गरिसकेका छन् । लामो समयदेखि गीति क्षेत्रमा लागि पर्दै आएका थानेश्वर गौतम अब अष्ट्रेलियावासी नेपालीमाझ गुन्जने भएका छन् । उनको साथमा गायिका सम्झना भण्डारीले पनि गीत प्रस्तुत गर्ने भएकी छिन् ।

थानेश्वर र सम्झनाको जोडी तीजको अबसर पारेर अष्ट्रेलियाको सिड्नी रगडेलमा रहेको इन्द्रेणी फंगन सेन्टरमा सेप्टेम्बर १ तारेखका दिन गुन्जने छ भने मेलबर्न, एडिलेटलगायतका शहरमा पनि यो जोडीले गीतसंगीत प्रस्तुत गर्ने आयोजक लक्ष्मण सापकोटाले बताए ।

इन्द्राणी इन्टरटेनमेन्टको आयोजनामा बुद्द ज्वेलरीले प्रस्तुत गरेको यो कार्यक्रमको भिसा पार्टनरको रूपमा भने एजुकेशन इ प्लानेट रहेको छ ।

राजन घिमिरे