सिड्नी सिटी कलेजमा सप्तपरी

सिड्नी सिटी कलेजमा सप्तपरी


– राजन घिमिरे

अष्ट्रेलियाको सिड्नीमा सप्तपरी नामक विविध मनोरन्जनात्मक कार्यक्रम यही साता भब्यताका साथ सम्पन्न भयो । नेपालमा आाफ्नो विधामा सक्रिय र जमेका सुन्दरीहरूको एकै कार्यक्रममा उपस्थिति साँच्चै गजबको हुन पुगेको थियो । यी सुन्दरीहरूले सिड्नीमा रहेका नेपालीले सञ्चालन गरेका विभिन्न कार्यक्रमको भ्रमण पनि गरे ।

यसक्रममा सात सुन्दरीहरूले लामो समयदेखि एनआरएनए लगायत विभिन्न संस्थाहरूमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रन्जु वाग्ले थापाको कार्यको तारिफ गरे । विशेष गरेर महिला सशक्तिकरणको मामिलामा विविध कार्य गर्दै आएकीा रन्जु र त्यही प्रकृतिको कार्यक्रममा सहभागी हुन पाउँदा दृष्टिविहीन समाजसेवी सृष्टि केसीले थापाको खुलेर तारिफ गरिन् । ‘प्रवासी जीवनमा उहाँले आफ्नै बलबुतामा कलेज सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ’, सृष्टिले भनिन् ।

सिड्नीको पारामाटामा रहेको सिड्नी सिटी कलेज अफ मेनेजमेन्टकी सञ्चालक रन्जु वाग्ले थापाको उक्त कलेजको सप्तपरीहरूले अवलोकन गरेका थिए । यतिबेला नेपाली विद्यार्थीहरूको पनि आकर्षणमा परेको यो कलेजमा अध्ययनरत नेपालीहरूसँग समेत सप्तपरीले केही समय बिताएका थिए ।

यसैबीच कलेज सञ्चालक थापाले समाजसेवी सृष्टि केसीले नेपालमा सञ्चालन गरेको सामाजिक सस्थालाई ५०० अष्ट्रेलियन डलर सहयोग गरेकी छिन् । आफ्नो कलेजको अवलोकन गर्न आएका सप्तपरीहरूलाई कलेजको तर्फबाट रन्जु वाग्ले थापा र नरेश थापाले स्वागत गरेका थिए ।