सभ्यतामा सकिएको शक्ति

सभ्यतामा सकिएको शक्ति


– विनोद त्रिपाठी

‘प्रवृत्तिमा मात्र टिप्पणी गरौँ मित्र, किन नामै बिगार्नुपऱ्यो,’ मैले प्रतिवाद गरेँ । ‘ह्या, शेरेले काङ्ग्रेस सक्यो क्या, हिजो तान्त्रिक बनेर, अहिले अरूको यान्त्रिक बनेर ।’ ऊ काङ्ग्रेससँग रुष्ट थियो, जोडले शेरबहादुरलाई गाली गर्दै थियो । काङ्ग्रेस नै थियो ऊ । हिजो कोइराला क्याम्पमा । आवेगमा शेरे भन्थ्यो । म बीचमै रोकेर भन्थेँ, ‘शिष्ट बनौँ ।’

शिष्ट बोलीमा जापानिजहरू संसारमा अब्बल छन् । सभ्यतामा पनि जापानिजलाई उछिन्न कसैले सकेको छैन । युरोपका आधा दर्जन मुलुकका जनता सभ्य व्यवहारमा जापानको लहरमा छन् । स्विडिस, फिनिसहरू इमानदारमा उदाहरण बनेका छन् । सभ्यताले राजनीति सिकाउने हो । सभ्यतापछि राजनीति भित्रिएको इतिहासबाट प्रस्ट हुन्छ । समाजलाई व्यवस्थित बनाउन राजनीति शुरु भएको हो । आदिम सभ्यतामा मानिस सिकारी थिए । घाँसेमैदानमा बस्थे । घुमक्कड जीवनलाई बदलेर पछि निश्चित स्थानमा बसेर पशुपालनमा मानिस समय बिताउन थाले । मानिसको जङ्गली जनावरसँग घनघोर लडाइँ भएको इतिहासमा पढ्न पाइन्छ ।

आदिमकालपछि सयौँ शताब्दीसम्म मानिसहरूले खुसी र प्रसन्नतामा गुजारे । करिब २००० इसापूर्वमा कंसास र बेबिलोन वर्गहरू सभ्यतामा निकै धनी हुँदै गए । प्रख्यात अङ्ग्रेजी पत्रकार एचजी वेल्सले आफ्नो पुस्तकमा यो सबै उल्लेख गरेका छन्, ‘सभ्यताका अगाडि राजनीति फुच्चे हुन्छ ।’ यो सभ्यता इजियन, ग्रिस र एसियन माइनरमा तीव्रता बन्यो । उत्तर अफ्रिका डरलाग्दो सभ्यतामै थियो । खान, लाउन र भाषामा हालको युरोपियन जोनको प्रभाव एसियनमा छिटो बढ्यो । संस्कृत, फारसी, ग्रिक, ल्याटिन, जर्मन, अङ्ग्रेजी भाषा यही कालमा जन्मियो । सम्राटहरू तयार हुन थाले । नदी किनारहरू शासनका क्षेत्रहरू बने । आर्यहरू खेती गर्न थाले । चौथो शताब्दी इसापूर्वमा विश्व आइपुग्दा राजा, शासन, समाज र आविष्कारको चमत्कार भइसकेको थियो । त्यसपछि विश्व जाति, देश र वर्णमा विभक्त हुन थाल्यो । यो अवधिमा शिक्षाको प्रणाली विकास भयो । ठूला युद्ध र लुटपाट मच्चिए । ब्रिटेनको आधिपत्य विश्वभर फैलियो ।

संसारले ब्रिटिस साम्राज्यबाट धेरै कुरा सिक्न थाल्यो । अफ्रिकादेखि एसियाका भारतसम्म ब्रिटिस सभ्यता भित्रियो । यो उत्कृष्ट सभ्यता ठहरियो । अठारौँ शताब्दीको तेस्रो तिहाइको अन्तमा उत्तर अमेरिकाको दुईतिहाइमा ब्रिटिस शासन र दक्षिण अमेरिका स्पेनको कब्जामा थियो । जब ब्रिटिस घर फर्कंदै खुम्चिन थाल्यो, तब उसका सभ्यताले हरेक मुलुकभित्र सिकाइको डेरा जमाइसकेको थियो । भारतमा पनि सिनेमा, क्रिकेट, मनोरञ्जन, वैवाहिक स्वतन्त्रता, भाषालगायतले जरा गाडिदियो । ब्रिटिस फर्केपछि भारतले यसलाई परिवर्तन गर्न खोज्दा धार्मिक र भाषाका युद्ध भएका उदाहरणहरू छन् ।

सभ्यताले चेतनाको मापन गर्छ । सभ्यताबाट राजनीतिको उच्चतम प्रयोग हुने हो । युरोपियनहरूको १५औँ शताब्दीतिरको राजनीतिक अभ्यास अहिले बल्ल हामीमा शुरुवात भएको छ । जब कि संस्कृति र प्राचीन सभ्यतामा त्यतिबेला हिमालयन पर्वतमालाको हाम्रो चिनारी निकै अब्बल थियो । विश्व तीव्र रूपले सभ्यतामा अघि बढ्दै गर्दा हामी भने स्थिर बनेर बस्यौँ ।

यो अवधिमा विश्वले धेरै कुरा सिक्यो, तर हामीले सिक्न चाहेनौँ वा हाम्रो समाजले यो सबै देखेन । हाम्रो विक्रमसम्वत्को शुरुवातपछि हामी हाम्रो मौलिकमा अडिग बन्यौँ, तर सुधार र वैज्ञानिकतामा पछि पऱ्यौं । हाम्रो चेतनास्तर यति कमजोर बन्यो वि.सं. १९९० मा ठूलो भूकम्प जाँदा पनि असनका गल्लीहरू जोगाउन लाग्यौँ, तर फराकिलो असन बनाएर सुरक्षित जीवनमा ध्यान दिएनौँ । फलस्वरूप २०७२ वैशाखको भूकम्पसम्म आइपुग्दा काठमाडौंका गल्लीहरू यमराजका किल्लाहरू बने । अझै पनि हाम्रो चेतना शून्य नै छ । किनकि भूकम्पछिको तीन वर्षसम्म पनि टेका लगाएका घरहरू र मान्छे फर्कन नमिल्ने गल्लीहरू राजधानी खाल्डोमा ज्युँका त्युँ छन् ।

सभ्यताले चेतनाको मापन गर्छ । सभ्यताबाट राजनीतिको उच्चतम प्रयोग हुने हो । युरोपियनहरूको १५औँ शताब्दीतिरको राजनीतिक अभ्यास अहिले बल्ल हामीमा शुरुवात भएको छ । जब कि संस्कृति र प्राचीन सभ्यतामा त्यतिबेला हिमालयन पर्वतमालाको हाम्रो चिनारी निकै अब्बल थियो । विश्व तीव्र रूपले सभ्यतामा अघि बढ्दै गर्दा हामी भने स्थिर बनेर बस्यौँ । जसको गम्भीर प्रभाव अहिले आएर देखिएको छ । खुला दिसामुक्त क्षेत्र, हात धोएर खाना खानु, बासी–सडेगलेका खान नहुने, सरुवा रोगबाट बच्नुपर्ने आदि विषयमा अझै हामी जकडिएका छौँ । जब कि सभ्यतामै यति धेरै पछि छौँ भने हाम्रो राजनीति कसरी उत्कृष्ट बन्न सक्छ ? अहिले हाम्रासामु तेर्सिएको प्रश्न यही हो । मीठो बोल, सफा बन र सबैलाई आदर गर भन्ने पाठ यो शताब्दीभरि पढेर पनि हामीले सिक्न सकेनौँ ।

हाम्रा केही जडता छन् जसले हामीलाई कहिल्यै माथि उठ्न दिएन । हाम्रो शिक्षाले पढायो मात्रै, नैतिवान हुन सिकाएन । यही शिक्षाबाट प्रशिक्षित राजनीतिले नैतिकता सिक्ने कुरै भएन । यही नैतिकता नभएको राजनीति धरातलमा उभिएका छौँ हामी । जब नैतिकता हुँदैन, अनि समाजमा उच्च सभ्यता रहँदैन । सभ्यताबिनाको विकासमा जनताको साक्षात्कार हुँदैन ।

हरेक विकसित मुलुकमा शासक सबै जनताको अभिभावक बनेका छन् । हाम्रो देशमा भने जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीका कार्यकर्ताको भाग्योदय शक्ति बन्ने गरेको छ । यसको चरम उपयोग गणतन्त्र आएपछि झन् बढेर गयो । एकथरी जनता भन्न थाले, ‘अहिले हाम्रो सरकार छैन, हामीले बोलेर केही हुँदैन ।’ यो भेदभाव आदिमकालपछिको सम्राटयुगमा पनि थिएन । त्यतिबेलाको राजाहरूको काल सबै जनताप्रति समान शासन बनेको थियो । अहिले हामी आदिमकालतिरै फर्किएर निकृष्ट व्यवस्था चलाइरहेका छौँ । हाम्रो नैतिक नभएको सभ्यताले दिएको परिणाम हो । यो निकृष्ट सभ्यतालाई माथि उठाउन खर्चिएको हाम्रो शक्ति विकासको आधुनिक संसारमा रूपान्तरण हुन अझै धेरै वर्ष लाग्ने निश्चित छ ।

राजनीतिले सभ्यता सिकाउँदैन, सभ्यताले नै उत्कृष्ट राजनीति बसाउने हो । हाम्रो समाजको गति अहिले यही उल्टो रफ्तारमा चलिरहेको छ । यसैमा नागरिकको लगानी र शासकहरूको शक्ति क्षयीकरण बनेको छ । सभ्यतामै खर्चिएको हाम्रो शक्तिले राजनीतिक नैतिकता प्राप्त हुने अहिलेलाई आशा गर्नु बेकार हुनेछ ।

१८६१ मा दासप्रथाविरोधी राष्ट्रपतिको रूपमा अब्राहम लिङ्कनको उदयपछि अमेरिका वैज्ञानिक युगमा पदार्पण गरेको इतिहास साक्षी छ । लिङ्कन कार्यकाल युद्धबाट गुज्रियो । गोराहरूले मार्न चाहन्थे । सेनाहरू विभाजित थिए । १८८५ मा एकथरी पृथकतावादीहरूले आत्मसमर्पण गरेपछि केही शान्त बन्यो अमेरिका । तर, एक रङ्गकर्मीले पछाडिबाट गोली हानेर लिङ्कनको हत्या गरिदिए । यो अवधिसम्म अमेरिका उत्कृष्ट सभ्यतामा अगाडि बढिसकेको थियो । त्यसैले शासकको आहुती र बलिदान देशका लागि मात्र हुनुपर्छ । हाम्रोमा त्यो पटक्कै भएन । केवल आफ्नै र पार्टीका लागि त्यो बलिदान खर्चियो । अहिले देखिएका काङ्ग्रेस हुन् वा कम्युनिस्ट यी सबैका पृष्ठभूमि मुलुककेन्द्रित बनेनन् । व्यक्ति वा पार्टीकेन्द्रित मात्र बने । शेरबहादर देउवा, केपी शर्मा ओलीहरूका सम्पत्तिहरू छानबिन र देशका प्रति गरेका योगदानहरूलाई तुलोमा राखेर जाँच्ने हो भने मुलुक बर्बादीका कारण खोज्न दिल्ली वा बेइजिङ जानैपर्दैन । यिनै ओली, दाहाल र देउवा वरिपरिका असभ्य नरनारीहरू गोडेर हेर्दा स्पष्ट हुन्छ ।

विश्व राजनीति मानचित्रलाई हेर्दा ४० को दशकसम्म हरेक मुलुक कुनै न कुनै गृहयुद्धमै फसेका थिए । त्यसपछि मुक्ति पाएका देशहरू कति छिटो विकसित बने । हाम्रो त्यो समय यही बहुदल र गणतन्त्रकालका रूपमा यमराजकै काल बनेर तेर्सियो । फगत राजनीति परिवर्तनका नाममा बलिदानहरू यही बीचमा धेरै भए । जब परिवर्तनका सबै कामहरू सकिए, तैपनि हामीले विश्वले सिकेको सभ्यता सिक्न सकेनौँ । फलस्वरूप राजनीति परिवर्तनमा हामीले प्रगति गर्न सकेनौँ । अझै सिक्ने लक्षण देखिएको छैन । पहिला सभ्यता सिक्नुपर्ने थियो । राजनीतिले सभ्यता सिकाउँदैन, सभ्यताले नै उत्कृष्ट राजनीति बसाउने हो । हाम्रो समाजको गति अहिले यही उल्टो रफ्तारमा चलिरहेको छ । यसैमा नागरिकको लगानी र शासकहरूको शक्ति क्षयीकरण बनेको छ । सभ्यतामै खर्चिएको हाम्रो शक्तिले राजनीतिक नैतिकता प्राप्त हुने अहिलेलाई आशा गर्नु बेकार हुनेछ ।